काठमाडौं । चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ ।


ADVERTISEMENT


प्रतियोगितामा नेपालकी शृङ्खला खतिवडाले समेत प्रतिस्पर्धा गर्दै छिन् ।


ADVERTISEMENT

# # #


एक महिनादेखि विभिन्न विधामा भइरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ शृङ्खला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छन् ।

आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ ।

शृङ्खलाले मिस वर्ल्डको ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड जितेकी छन् ।

२३ वर्षिया शृङ्खलाले ललितपुरको पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छन् ।

राजनीतिक पृष्ठभूमी र अध्ययनमा अब्बल भएका कारण पनि शृङ्खलाले मिस वल्र्डमा नेपाललाई कुनै न कुनै उपाधि जिताउने आशा गरिएको छ ।