काठमाडौँ– नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को दुईवटा नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको एउटा पोष्टरमा अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिएका छन् भने अर्कोमा उनको साथमा कलाकारद्धय सुनिल थापा र प्रशान्त ताम्राकार रहेका छन् ।


ADVERTISEMENT


फागुन १७ गतेबाट प्रदर्शन हुने यस फिल्मको पहिलो गीत बिहिबार सार्वजनिक हुँदैछ । गीत रिलिज अगाडि चलचित्रको फस्टलुक रिलिज गरिएको हो ।


ADVERTISEMENT

# # #


दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले एउटा यूवकको फुटबल संघर्षको कथालाई उठान गरेको छ ।

चलचित्रका निर्माता भूवन केसीले भीएफएक्समा समय लागेकाले पनि चलचित्र रिलिजमा केही समय ढिला भएको बताए ।