काठमाडौं । मंगलबार काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । सोमबार ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्युनतम तापक्रम मंगलबार ४ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौंसहित देशैभरि जाडो बढ्दै गएको छ । दिनहुँजस्तै तापक्रम घट्न थालेपछि चिसो बढेको मौसमविद् बरुण पौडेलले जानकारी दिए।


ADVERTISEMENT

# # #


मंगलबार पूर्वी पहाडी भेगमा भने हल्का पानी पनि पर्न सक्ने सम्भावना छ । मंगलबार राति पहाडी र उच्च हिमाली भेगमा हिमपातकोसमेत सम्भावना रहेको उनले जानकारी दिए।