काठमाडौं । चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईका संस्थापकी छोरी तथा कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वान्खा धरौटीमा रिहा भएकी छन् ।


ADVERTISEMENT


क्यानडामा पक्राउ परेकी मेङ्गलाई स्थानीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको बिबिसीले उल्लेख गरेको छ । उनी डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी हुन् । मेङ्गमाथि रहेको ठगीको आरोपको सुनुवाईका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना छ ।


ADVERTISEMENT

# # #


हुवाई र स्काइकमबिचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ ।

हुवाई र स्काइकमले इरानमा व्यवसाय गरेको थियो । समाचार संस्था एपीका अनुसार मेङ्गले सुनुवाईको क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको बताएकी थिइन् ।

तर अमेरिकाले भने हुवाई र स्काइकम सम्बन्धित रहेको बताएको छ । यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले उल्लंघन भएको अमेरिकी दाबी छ ।