काठमाडौं । एक वर्षअघि ललितपुरको गोदाबरी–१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदाबरीमै पक्राउ परे।


ADVERTISEMENT


अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावारीबाटै पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


उनीहरु विरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दा दायर छ। कार्यालयबाट साँझ घर फर्कदै गरेकी स्थानीय युवतीलाई टाउकोमा ढुंगाले हानेर बेहोस बनाई बलात्कार गरेको आरोप उनीहरुमाथि छ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको खुलेको छ।

बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियुमा बेहोस थिइन्। त्यतिबेला प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए।

समूहमा कस कसले बलात्कार गरे भन्ने स्पष्ट हुन नसकेको भन्दै अदालतल साधारण तारेखमा छाडेको उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

उनीहरुको पोलिग्राफ टेस्ट मिलेको तर, डिएनए रिपोर्ट अस्पष्ट आएको प्रहरीले जनाएको छ।