काठमाडौं । लगातार चार पटकसम्म स्थगित भएको संवैधानिक परिषद बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबार बिहान ९ बजे डाकिएको बैठक केहीबेरमा बस्ने बताइएको छ ।


ADVERTISEMENT


प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण बुधबार स्थगित बैठक आज बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीश सिफारिसको मुख्य एजेण्डा छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ बाट सकिँदैछ ।


ADVERTISEMENT

# # #


 

संवैधानिक परिषदले न्याय परिषदले पठाएको विवरण अनुसार वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।