काठमाडौं । यमनमा साउदी अरबको गठबन्धन सेनाले गरिरहेको सैन्य कारबाहीका लागि अमेरिकी सहयोग बन्द गर्ने अमेरिकी संसदले निर्णय गरेको छ ।


ADVERTISEMENT


साउदी युवराज मोहम्मद बिन सलमान, पत्रकार जमाल खसोग्गीको हत्यामा जिम्मेवार रहेको भन्दै संसदले सहयोग बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


सन् १९७३ मा सैन्य युद्ध शक्ति प्रदर्शनका क्रममा अमेरिकी कंग्रेसले आफ्नो सेना फिर्ता बोलाएपछि पहिलो पटक सेनाका विषयमा हस्तक्षेप गरेको बीबीसीले उल्लेख गरेको छ ।

यमन युद्धका लागि साउदीलाई सहयोग गर्न तैनाथ सम्पुर्ण अमेरिकी सेनालाई फिर्ता बोलाउन राष्ट्रपति ट्रम्पलाई दबाब परेको छ । अमेरिकी संसदले साउदी युवराज सलमानलाई वासिङ्गटन पोष्टका पत्रकार जमाल खसोग्गीको हत्यामा जिम्मेवार ठहर गरेको छ ।