काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार काठमाडौँ उपत्यकाका केही ठाउँ तथा देशका अरु ठाउँमा पनि छिटफुट पानी परेको थियो ।


ADVERTISEMENT


तर तत्काल हिउँदे पानी पर्ने सम्भावना भने नदेखिएको मौसमविद सुजन सुवेदीले जानकारी दिए । हिउँदे पानी पर्ने प्रणालीको विकास नभए पनि स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


शुक्रबार देशका अधिकांश पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना छ । तराईका क्षेत्रको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार बिहानको न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको छ भने दिउँसो १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ ।