काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ५–० गोलअन्तरले पराजित गरेको हो । पुलिसको जितमा अभिषेक रिजाल, रविशंकर पासवान, भरत शाह, तेज तामाङ र निरकुमार राईले गोल गरे ।


ADVERTISEMENT

# # #


खेलको चौथो मिनेटमा नै अभिषेकले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा रविशंकर ले गोल गरेपछि पहिलो हाफ २–० को स्थितिमा सकियनो । दोस्रो हाफमा भने फ्रेन्ड्स क्लबले थप तीन गोल खान पुग्यो ।

५९ औं मिनेटमा भरत शाह, ६२ औं मिनेटमा तेजक तामाङ ८८ औं मिनेटमा निरकुमार राईले गोल गरे ।

जितसँगै पुलिसले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित फ्रेन्ड्सको भने समान आठ खेलबाट पाँच अंक मात्रै रहेको छ ।