विदुर : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।


ADVERTISEMENT

# # #


गाडीमा ४० जना यात्रु रहेको बताइएको छ। गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए। रासस