काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न गरेको छ । बुधबार सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व.२०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको हो ।


ADVERTISEMENT


साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडसहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि टीआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० % का दरले रु. ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर वितरण गर्न र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात रु. चार करोड २२ लाख ६९ हजार ३७ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

उपरोक्त बमोजिमको बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी रु आठ अर्ब चार करोडलाई वृद्धि गरी रु. ८ अर्ब ८४ करोड बनाउन, साविक तत्काल चुक्ता पूँजी रु. ८ अर्ब तीन करोड ११ लाख १६ हजार ९९८ लाई वृद्धि गरी रु. ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ बनाउन स्वीकृत प्रदान गरेको छ ।

बैँकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।