भोजपुर– गिद्ध संरक्षणका लागि भोजपुर जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ । पछिल्लो समय विश्वबाट नै गिद्ध लोप हुँदै गएकाले नेपालमा पनि यसको संरक्षणका लागि भोजपुर जिल्लालाई ६८ औँ जिल्लाको रुपमा घोषणा गरिएको हो ।


ADVERTISEMENT


विश्वमा पाइने गिद्धमध्ये नेपालमा नौ प्रजातिका गिद्धको संरक्षणका लागि आज सरोकारवाला निकायको सहभागितामा डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो । गिद्धको आहारा सिनोको अभाव र पशु उपचारमा डाइक्लोफेनेकको प्रयोगका कारण गिद्धको मृत्यु हुने भएकाले प्राविधिक, औषधि व्यवसायी र सरोकारवालालाई गिद्ध संरक्षण अन्तक्र्रिया गरिएको हो ।


ADVERTISEMENT

# # #


अन्तक्र्रिया कार्यक्रममा पशुपक्षीमा डाइक्लोफेनेक औषधि प्रयोग नगर्न सचेत गराइएको, जिल्लामा यो औषधिको प्रयोग नभएको, नेपालमा पशु डाइक्लोफेनेक औषधि उत्पादन गर्ने कुनै कम्पनी नभएको, नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा समेत प्रतिबन्धित भएको, डाइक्लोफेनेक जिल्लामा निजी एग्रोभेट अनुगमन गर्दा डाइक्लोफेनेक नपाइएपछि जिल्लालाई गिद्ध संरक्षण तथा पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो । जिल्लालाई डाइक्लोफेनेक मुक्त बनाउनका लागि घोषणापत्रमा जिल्लाका सरकारी कार्यालयका प्रमुख, व्यवसायी सञ्चारकर्मीलगायतले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका सहभागीले जिल्लालाई डाइक्लोफेनक मुक्त जिल्ला घोषणा गरिए पनि गिद्ध संरुक्षणका लागि चेतनासँगै अनुगमन गर्नुपर्ने बताएका छन् ।