काठमाडौँ– दुई वर्षअघि नेपाली स्टार स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाका कप्तानका अगाडी मिडियालाई भनेका थिए, ‘मेरो सपना बिगबास लिग खेल्नु हो ।’ करियर सुरु गरेको दुई वर्षमै उनले आफ्नो सपना पूरा गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार विश्वको प्रतिष्ठित लिग मानिने अष्ट्रेलियाको बिगबास लिगमा डेब्यू गरेर आफ्नो सपना पूरा गरेका हुन् । इण्डियन प्रिमियर लिग (आइपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), जी-टी २० लगायत विश्वका ठूला लिगहरुमार्फत आफ्नो प्रभाव फैलाईसकेका १८ वर्षीय एकमात्र नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले आज मेलवर्न स्टारका लागि सिड्नी थण्डरविरुद्ध मैदान उत्रिएका छन् ।


ADVERTISEMENT

# # #


सन्दीप बिग बास खल्ने पहिलो नेपालीका साथै पहिलो एसोसियट राष्ट्रका खेलाडी बनेका हुन् । सन्दीपसंगै गतवर्ष दिल्ली डेयरडेभिल्सका लागि आइपीएल खेलेका अष्ट्रेलियाका ग्लेन म्याक्सवेल मेलवर्न स्टारर्समा अहिले नयाँ कप्तान भएका छन् ।

हङकङमा एक प्रतियोगिताका दौरान देखेपछि अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले उनलाई सिड्नीमा ग्रेड क्रिकेट खेल्न प्रायोजन गरेर अस्ट्रेलियामा प्रवेश गराएका थिए । त्यसयता करियरमा प्रत्येक दिन नयाँ फड्को मारिरहेका सन्दीपका लागि वर्ष २०१८ अझै फलदायी रह्यो । दिल्ली डेयरडेभिल्समा यही वर्ष ग्लेन म्याक्सवेलसँग खेलेका उनी मे महिनामा लर्डस्मा सम्पन्न एक खेलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व ११ मा परेका थिए ।

आईपीएलका तीन खेलमा ५ विकेट लिएका सन्दीपले टि–१० लिगमा केरला नाइट्सबाट ६ विकेट लिएका थिए ।

अघिल्लो वर्ष १३.८३ को औसतमा १८ विकेट लिएका एडेलेइड स्ट्राइकर्सका सुपरस्टार रशिद खानजस्तै सन्दीपको उपस्थिती पनि बिग बास लिगका लागि महत्वपूर्ण हुने कप्तान म्याक्सवेलले बताएका छन् ।