दाङ – दाङको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो।


ADVERTISEMENT


बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्तीको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा दुर्घटनामा परेको हो।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको उनले पुष्टि गरे। उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन् ।

उक्त बसमा ३१ जना सवार रहेको बसझिएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ।