काठमाडौँ– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगको आफ्नो दोस्रो खेलमा तीन विकेट लिएका छन् । यसअघिको डेब्यू खेलमा दुई विकेट लिँदै सनसनी मच्चाएका सन्दीपले सोमबार होबर्ट हुरिक्यानविरुद्धको खेलमा तीन तीन विकेट लिएका हुन् ।


ADVERTISEMENT


यसक्रममा उनले चार ओभरमा २४ रन खर्चिए । पहिलो विकेटका रुपमा एलेक्स डुलनलाई २ रनमा बोल्ड गरेका सन्दीपले ३७ बलमा ५२ रन बनाएर खेलिरहेका म्याथ्यु वेडलाई अदाम जाम्पाबाट क्याच गराए । व्यक्तिगत तेस्रो तथा टिमका लागि चौथो विकेट दिलाउने क्रममा सन्दीपले बेन मेक्डेरमोट (२८)लाई एलबीडब्लूको धरापमा पारे ।


ADVERTISEMENT

# # #


यद्दपी सन्दीपले तीन विकेट लिएपनि टिमलाई भने जिताउन सकेनन् । आजको पराजियसंगै मेलबर्न स्टासले लगातार पहिला दुई खेलमा हार ब्यहोरेको छ ।