मकवानपुर । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो ।


ADVERTISEMENT


हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए ।


ADVERTISEMENT

# # #


‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ उनले भने । बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन्धाुपाल्चोकको बाँडेगाउँ, सर्लाहीको पत्थरडाँडा, लमजुङ र सिन्धुलीमा तपस्यास्थल रहेको प्रहरीको भनाई छ ।

हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फुलमाया रुम्बा २०७१ सालदेखि हराएकाले खोजी गरिदिन भाइ विजय रुम्बाले बुधबार जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएका थिए ।

मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइवाले पनि बाबु सञ्चालन वाइबा बम्जनकै तपस्यास्थलबाट बेपत्ता भएको भन्दै बुधबारै उजुरी दिएका थिए ।