काठमाडौं । काठमाडौँको बालाजु चोकमा माटो बोकेको ट्रिपर दुर्घटना भएको छ । शुक्रबार बिहान माटो बोकेको ट्रिपर ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

ट्रिपर र ट्याक्सी ठोक्किँएपछि सडककिनारमा रहेको चिया बेच्ने ठेला पुरिएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनास्थलबाट गम्भीर घाइते रहेका दुईजनालाई उपचारका लागि अस्पताल पठाइएको छ । माटोले पुरिएर थप मानवीय क्षती भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाको टोली उद्धारका लागि खटिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया

प्रतिकृया