काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउँदैछ ।


ADVERTISEMENT


नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।


ADVERTISEMENT

# # #


यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरेका थिए । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । जसअनुसार निम्न प्रतिनिधिहरु जिल्लामा खटाइएका छन् :

ताप्लेजुङ : सुजाता परियार
पाँचथर : डा. डिला संग्रौला
इलाम : महेन्द्र यादव
झापा : कृष्णप्रसाद सिटौला
संखुवासभा : मानबहादुर विश्वकर्मा
तेह्रथुम : भीष्मराज आङ्दम्वे
भोजपुर : अमृत अर्याल
धनकुटा : सरिता प्रसाई
मोरङ : डा. प्रकाशशरण महत
सुनसरी : महेश आचार्य
सोलुखुम्बु : कल्याणकुमार गुरुङ
खोटाङ : केशवकुमार बुढाथोकी
ओखलढुंगा : बलबहादुर के.सी.
उदयपुर : आनन्दप्रसाद ढुंगाना
सप्तरी : डा. मिनेन्द्र रिजाल
सिरहा : विमलेन्द्र निधि
दोलखा : किशोरसिंह राठौर
रामेछाप : किरण यादव
सिन्धुली : पुष्पा भुसाल
धनुषा : धनराज गुरुङ
महोत्तरी :  सीतादेवी यादव
सर्लाही : डा. शेखर कोइराला
रसुवा : शिवप्रसाद हुमागाँई
धादिङ : डा. रामशरण महत
नुवाकोट : रमेश रिजाल
काठमाडौं : शेरबहादुर देउवा
संयोजन:  ध्यानगोविन्द रञ्जित
भक्तपुर : ईश्वरी न्यौपाने
ललितपुर : उमाकान्त चौधरी
काभ्रे : अर्जुननरसिंह के.सी.
सिन्धुपाल्चोक : अम्बिका बस्नेत
मकवानपुर : गुरूराज घिमिरे
रौतहट : फर्मूल्लाह मंसुर
बारा : महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा : प्रकाशमान सिंह
चितवन : ज्ञानेन्द्रबहादुर कार्की
गोरखा : रामचन्द्र पौडेल
मनाङ : सिता गुरुङ
लम्जुङ : शंकर भण्डारी
कास्की : पूर्णबहादुर खड्का
तनहुँ : कमला पन्त
स्याङजा : अर्जुनप्रसाद जोशी
गुल्मी : रामकृष्ण यादव
पाल्पा : डा. नारायण खड्का
अर्घाखाँची : देवेन्द्रराज कँडेल
नवलपुर : सुरेन्द्रराज पाण्डे
नवलपरासी : दिलबहादुर घर्ती
रुपन्देही : गोपालमान श्रेष्ठ
कपिलवस्तु : बालकृष्ण खाँण
मुस्ताङ : चित्रलेखा यादव
म्याग्दी : जीवन परियार
बाग्लुङ : हरिप्रसाद नेपाल
पर्वत : दिपक गिरी
रूकुम : (पूर्व) बालकृष्ण पाण्डे
रूकुम : (पश्चिम) शिला शर्मा खड्का
रोल्पा : बीरबहादुर बलायर
प्यूठान : रत्न शेरचन
सल्यान : पार्वता डी.सी. चौधरी
दाङ : मोहनबहादुर बस्नेत
डोल्पा : जीवनबहादुर शाही
मुगु : हसन अन्सारी
जुम्ला : गगनकुमार थापा
कालिकोट : लक्ष्मी परियार
हुम्ला : बहादुर सिंह (लामा) तामाङ
जाजरकोट : प्रदीप पौडेल
दैलेख : गोविन्द भट्टराई
सुर्खेत : श्यामकुमार घिमिरे
बाँके : मीन विश्वकर्मा
वर्दिया : डा. चन्द्र भण्डारी
बाजुरा : दिलेन्द्रप्रसाद बडू
अछाम : हृदयराम थानी
बझाङ : आनन्द (गोरख) विष्ट
डोटी : नविन्द्रराज जोशी
कैलाली : रमेश लेखक
दार्चुला : बद्रीप्रसाद पाण्डे
बैतडी : अतहर कमाल मुसलमान
डडेल्धुरा : एन.पी. साउँद
कञ्चनपुर : अजयकुमार चौरसिया