नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्तालाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


चैत महीनाभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष इस्तियाकअहमद शाहले सहजकर्तालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहले गाउँपालिकालाई औँठाछापबाट मुक्त बनाउन साक्षरता अभियान शुरु गरिएको बताए । नरैनापुरमा १२ हजार नागरिक निरक्षर रहेको गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ ।