भक्तपुर– नेकपा (एमाले)का उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताएका छन्।


ADVERTISEMENT


धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उनले कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


गौतमले भने – “नेपाल कृषि प्रधान देश हो नै अझै पनि हाम्रोमा परम्परागत रुपमा धान रोपाइँ हुँदै आएको छ, त्यसलाई सुधार र आधुनिकीकरण गर्नुपर्छ ।”

महासङ्घका महासचिव बलराम बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले सिँचाइ र आधुनिक प्रविधिको व्यवस्थापमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिकाकाप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र वडाध्यक्ष उपेन्द्र केसीले धान दिवसलाई दिवसकै रुपमा मात्र मनाउनु भन्दा कृषिको प्रवद्र्धन लाग्नुपर्ने र यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गरिने बताए।

धान दिवसका अवसरमा रोपाइँ गर्नुका साथै नाचगानसमेत गरिएको थियो ।