– किशोर बिश्वकर्मा 

विराटनगर, पुस १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताएकी छन । विराटनगर स्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताइन ।


ADVERTISEMENT

# # #


जनमतको कदरगर्दै समृद्ध नेपालको चाहना पूरागर्न सवैको अग्रसरता आवश्यक रहेको उनले वताइन । उनले चिया, खलैची तथा दुग्ध उत्पादनका लागी पूर्वाञ्चलको योगदान महत्पूर्ण भएकाले यसको सहि सदुुपयोग हुनपर्नेमा जोड दिइन । सोही कार्यक्रममा बोल्दै विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय सामान्य ढंगले चलेर अबको आवश्यकता धान्न नसक्ने बताए ।

उनले पूर्वमा उत्पादन हुने अदुवा, अलैंची, अम्लिसो लगायतका कृषि उत्पादनलाई व्यवस्थापन प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्ने जनशक्ति कसरी पुरा गर्न सकिन्छ भन्ने तिर विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए । उनले विश्वमा बढेको सूचना र प्रविधिको प्रयोग सुहाउँदो नयाँ नीति र कानून निर्माण गर्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, विराटनगर उपमहानगरपालिकाका तत्कालिन मेयर अशोक कोइराला, विश्वविद्यालयका पूर्व उपकुलपति तोरणवहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्व प्रमुख कृष्ण पोखरेल तथा पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. धुर्व नारायण लाल दासलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले रजत स्तम्भको पनि उद्घाटन गरेकी छन । २०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालय अन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु, संचालन भइरहेका ९ वटा आंगिक एवं १ सय २१ वटा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले बताए ।

प्रतिकृया

प्रतिकृया