काठमाडौं । वाइड बडी विमान खरिद प्रक्रियामा भएको घोटालामा नाम मुछिएपछि विवादमा तानिएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सोमबार पत्रकार सम्मेलन गर्दैछन् । उनले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।


ADVERTISEMENT


वाइड बडी खरिद प्रकरणबारे छानबिन गर्न संसदको लेखा समितिले गठन गरेको उपसमितिले मन्त्री अधिकारी पनि दोषी रहेको भन्दै कारवाहीका लागि सिफारिस गरेको थियो । यसअघि विभिन्न फोरमहरुमा वाइड बडी खरिदमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै शन्यास लिने बताउँदै आएका मन्त्री अधिकारी घोटालामा नाम मुछिएपछि नैतिक संकटमा छन् ।


ADVERTISEMENT

# # #


यता उपसमितिले लेखा समितिलाई बुझाएको प्रतिवेदनमा बदनियत देखिएको भन्दै सरकारले छुट्टै छानबिन आयोग गठन गरेको छ । तर मन्त्री अधिकारीलाई राजीनामा दिन पार्टीबाट दबाब परेको कुरा पनि चर्चामा रहेका बेला उनले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।