कावासोती । नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा सोमबार बिहान करिब ३ बजे दुर्घटना भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएका छन् । अधिकांश घाइते सुर्खेत, कालीकोट, जाजरकोट, जुम्ला र दैलेखका छन् ।


ADVERTISEMENT

# # #


घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको र उनीहरुलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको बस सडकबाट करिब १०० फिट तल पल्टिएको छ ।

प्रहरीले वीरेन्द्रनगर सुर्खेतका बस चालक २१ वर्षीय हरिबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।