काठमाडौँ– बहुचर्चित चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेश भएको छ । सो विधेयक आजै संसदको कार्यसूचिमा १ नम्बरमा रहेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको आग्रहपछि सभामुख कृष्णबहादुर महराले अर्को संसद बैठकसम्मका लागि सारेका छन् ।


ADVERTISEMENT


सांसदहरुका अनुसार अब बस्ने पुस २९ गतेको बैठकमा विधेयकलाई निणयार्थ पेश गरिनेछ । ‘आज कांग्रेको आग्रहपछि अर्को बैठकका लागि चिकित्सा शिक्षा विधेयक माथिको छलफल सभामुखले सार्नु भएको हो’ सत्तारुढ नेकपाका सांसद एवम् शिक्षा तथा स्वास्थ्य समितिका सदस्य खगराज अधिकारीले हिमालय पोष्टसंग भने, ‘अब बस्ने संसदको बैठकले यो विधेयक पास गर्छ ।’ उनका अनुसार २० गते पेश भएर विधेयकको प्रक्रिया अगाडि बढ्दै ३० गते संसदबाट पास हुन्छ ।


ADVERTISEMENT

# # #


डा गोविन्द केसीले इलाममा अनसन सुरु गरेपनि यो पटक संसदले विधेयकलाई बहुमतले भएपनि अन्तिम किनारा लगाउने सांसदहरुले बताएका छन् ।

‘देश र जनाताकै लागि भनेर जीवननै समर्पण गर्दै हामी राजनीतिमा लागेका हौँ, संसदीय व्यवस्थालाई सम्मान गर्छौँ, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि संविधान सभाद्वारा जारी संविधानको जगेर्ना गर्दै सधैँ जनपक्षीय काम गर्छौँ’ अधिकारीले भने, ‘चन्द्र शमशेर, जुद्ध शमशेरलाई पढ्यौँ मात्रै, देखेनौँ । तर, डा गोविन्द केसी एकलौटी शासन गर्ने जहानियाँ राणा शासनको व्यवस्था ब्यूँताउन खोजिरहेका छन् ।’

सार्वभौम संसद र स्वतन्त्र जनप्रतिनिधिहरुको अधिकारलाई परिपक्व ढंगले अभ्यास गर्र्दै चिकित्सा शिक्षा विधेयकलाई कानुन बनाउने संसदका प्रक्रियालाई यसपटक टुंगोमा पुर्याउने उनले बताएका छन् ।