काठमाडौं । पाँचथरको फिदिममा जारी १० औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्यान्पियन सुनसरी–११ लाई पराजित गर्दै सरस्वती क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


स्थानीय फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा सुनसरीविरुद्ध सरस्वतीले २–१ गोल अन्तरको जित हात पारेकोे हो । खेलको म्यान अफ् द म्याच सरस्वतीका भिक्टर बने । उनले नगद १० हजार पाए । प्रतियोगिता अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र रोयल एफसी दार्जीलिङ भारतबीच खेल हुनेछ ।


ADVERTISEMENT

# # #


पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।