काठमाडौं । डा. गोविन्द केसीको विरुद्धमा अनसन बस्न सामाजिक अभियन्ता विजय थापा इलाम पुगेका छन् । उनले अनसन आजैबाट बस्ने जानकारी दिएका छन् ।


ADVERTISEMENT


पटकपटक डा. केसीको विरुद्धमा अनसन बस्ने बताउँदै आएका उनले अहिले अनसन बस्दैछन् । विभिन्न छ बुँदे मागसहित उनी अनसन बस्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


यस्ता छन् थापाका माग

थापाले नेपालमा एमडी र पिजी क्लासको कोटा तत्काल कम्तिमा १५ सय पुर्याउनुपर्ने, तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने, बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा दुर्घट्नामा मृत्यु भएको १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने, सरकारी तलब,भत्ता र सेवारसुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन् ।