इटहरी– सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ ।


ADVERTISEMENT


इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिएका छन् । नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ८०४ र उपप्रमुखमा बिमला ढकालले पाँच हजार २७२ मत ल्याएका छन् ।
यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा सुब्बाले तीन हजार ७७३ ,उपप्रमुखमा एमालेकै मञ्जु भण्डारीले चार हजार ४१२ मत ल्याई अग्रता लिएका छन् भने त्यहाँ नेकाका प्रमुख तिलक राईले तीन हजार २८४ र उपप्रमुखमा काँग्रेसकै श्यामा रेग्मीले चार हजार १०८ मत प्राप्त गरेका छन् । त्यहाँ वडा नं १, २ र ५ मा नेकाले विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वडा नं ३ र ४ मा सेटै विजय प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा नेकाका राजन मेहेताले तीन हजार ३८५ र उपप्रमुखमा काँग्रेसकै जमुना पोख्रेल गौतमले तीन हजार १२१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पोष्टकुमार नेपालले दुई हजार २३४ र उपप्रमुखमा कविताकुमारी यादवले दुई हजार ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै, बराह नगरपालिकामा नेकपा एमालेका निलख खनालले चार हजार ४००, उपप्रमुखमा कमला मगरले चार हजार २८८ मत ल्याई त्यहाँ पनि एमालेको अग्रता प्राप्त भएको छ भने त्यहाँ नेकाले प्रमुखमा बाबुराम बिष्टले तीन हजार ८३०, उपप्रमुख पूजा धामीले पनि चार हजार १०५ मत ल्याएका छन् । त्यहाँ वडा नं १ र २ मा नेका र ३ र ४ वडामा नेकपा एमालेले सेटै जितेको छ ।

यसैगरी, दुहवी नगरपालिकाको प्रमुखमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले चार हजार ७८ तथा उपप्रमुखकी सुनिता दाहालले तीन हजार ८८२ मत ल्याई अग्रस्थान प्राप्त गरिरहेका छन् भने नेकपा एमालेका प्रमुख विनयराज पोख्रेलले तीन हजार २६५ र उपप्रमुख चन्द्रकला विश्वासले तीन हजार ६४२ मत ल्याएका छन् ।

त्यहाँ ५, ११ र १२ वडामा फोरम लोकतान्त्रिकले विजय प्राप्त गरेको छ भने नेकाले एउटा वडा, नेकपा एमालेले तीनवटा वडामा विजय प्राप्त गरिसकेको छ भने सङ्घीय फोरमले एउटा वडामा जित निकालेको छ । दुहवीमा ७ र १० नं वडाको मतगणना बाँकी रहेको बताइएको छ ।

त्यस्तै, रामधुनी नगरपालिकामा पनि नेकाका प्रमुख जयप्रकाश चौधरीले पाँच हजार ३५७ र उपप्रमुख विजया कट्वालले पाँच हजार ३९७ मत प्राप्त गरी नेकाको अग्रतालाई कायम राखेका छन् । रामधुनीमा नेकपा एमालेका प्रमुख नन्दकुमार बस्नेतले चार हजार ८२ र उपप्रमुखमा सविना चौधरीले चार हजार ६६७ मत ल्याएको निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिएका ।