विराटनगर– नेपाली कांग्रेसको गढ मानिदै आएको विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दि एमालेका विनोद ढकालले २ हजार ८ सय ११ मत प्राप्त गरेकमा छन् ।


ADVERTISEMENT


यस्तै संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार १ सय ५७ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांंग्रेसका इन्दिरा कार्कीले ३ हजार ४ सय १९ मत प्राप्त गरेकी छन्, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ५ सय ४७ मत प्राप्त गरेकी छन् छ भने माओवादीकी नमिता न्यौपानेले १ हजार ६ सय ४२ मत मत प्राप्त गरेकी छन्


ADVERTISEMENT

# # #