भीमदत्तनगर– कञ्चनपुरको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर सुनार पाँच हजार १३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किशोर लिम्बूले चार हजार ७१६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


यसैगरी, उपप्रमुखमा नेकपा एमालेका चिनी गिरी पाँच हजार २७७ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकाकी गङ्गा जोशीले चार हजार ३७१ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


महाकाली नगरपालिकामा कुल १३ हजार ८५८ मत खसेको थियो ।