बुटवल — प्रहरीसँग गोली हानाहान हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । शनिबार राति सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीसंग गोली हानाहान भएपछि प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


प्रहरीको टोलिमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा गोली चलाउँदा तस्करको मृत्यु भएको प्रहरी प्रशमसन कार्यालयले रुपन्देहीले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करको समूहले राति करिब १२ बजे प्रहरीमाथि गोली चलाएपछि तत्कालै जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ । मृतकको परिचय खुलेको छैन । करिब ३५ वर्षीय मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।


ADVERTISEMENT

# # #


घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । प्रहरीको जवाफी कारवाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तस्करको गोली लागेर एकजना प्रहरी जवान कृष्ण श्रेष्ठ पनि घाइते भएका छन् ।