काठमाडौँ – भूपेन्द्र सिंं थेबेले नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औँ महाधिवेशनका लागि सभापति उम्मेदवारका रुपमा आफूलाई अघि सारेका छन् ।
हाल नेविसंघको केन्द्रीय सदस्य रहेका थेवेले नेविसंघलाई नयाँ उचाईंमा पुर्याउने उद्देश्यसहित आगामी महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने तयारी थालेका हुन् ।
लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण आफू सभापति बन्नेमा ढुक्क भएको उनको दाबी छ नेविसंघमा रहेको ३२ वर्षे उमेहदका कारण आफ्नो पुस्ताले नेतत्व लिने उनले बताए । नेविसंघ सभापतिका लागि वैचारिक र नैतिक हिसाब समेतले नेविसंघको नेतृत्व गर्न सक्षम रहेको उनको भनाई छ ।
‘म आगामी अर्थात १२ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुँ । म दुई दशकसम्म नेविसंघमा सक्रिय भएर लागिरहेको छु । ’ उनले भने, ‘लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण म अध्यक्ष बन्नेछु ।’
अबको विद्यार्थी आन्दोलन आधुनिक शिक्षासँग जोडेर अघि बढ्नु पर्ने उनी तर्क गर्छन् । नेविसंघ सभापति भएमा देशको शैक्षिक क्षेत्र सुधार अभियान आफ्नो मूल ध्यय हुने उनले बताए ।
‘देशबाट हजारौंको संख्यामा युवायुवति उच्च शिक्षा लिन बिदेश गइरहेका छन् । जसले देशमा दक्ष जनशक्ति कम हुँदै गएको छ ।’ उनले भने, ‘यसले देशको समग्र विकासमा ठूलो असर परिरहेको छ । विद्यार्थी संगठनहरुले अध्ययन तथा अनुसन्धान गरेर विदेश अध्ययन गर्न नजाने वातावरण बनाउनु पर्छ ।’
ताप्लेजुङमा जन्मिएर झापाको वुद्धशान्ति– ४ मा हुर्किएका थेवे २०६६ सालदेखि निरन्तर नेविसंघको राजनीतिमा संलग्न रहँदै आएका छन् । झापाको बर्ने माद्यमिक विद्यालयबाट एसएलसी, बिर्तामोडको गोमेन्द्र उच्च माविबाट प्लस टु र मेची क्याम्पसबाट स्नातक उतीर्ण गरेका हुन् भने हाल स्नाकोत्तर अध्ययनरत रहेका छन् ।