काठमाडौँ– प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि कृटपिट गरेका छन् ।


ADVERTISEMENT


संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै आफूलाई कुटपिट गरिएको उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव झाले बताएका छन् ।


ADVERTISEMENT

# # #


कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।