काठमाडौं । एसियन कप फुटबलमा कतारले उत्तर कोरियाविरुद्ध ६–० को जित निकालेको छ ।


ADVERTISEMENT


लगातार २ खेलमा जित निकालेको कतार प्रि-क्वार्टरफाइनलमा पुगेको छ। समूह इ बाट शीर्ष स्थानमा रहेको कतार र साउदी अरेबिया प्रि-क्वार्टरफाइनलमा प्रवेश गरिसकेकाले यी दुईबीचको खेलको नतिजाले समूह विजेताको टुंगो लगाउने छ ।


ADVERTISEMENT

# # #


आइतबारको फराकिलो जितमा कतारका अलमोइज अलिले ह्याट्रिकसहित चार गोल गरेका थिए । नवौं मिनेटमा गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए अलिले ११ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दैै अग्रता दोब्बर बनाए । ४३ औं मिनेटमा बुवालिम खोउकीले अग्रता तेब्बर बनाए ।

पहिलो हाफमा ३ गोल गरेको कतारले दोस्रो हाफमा पनि तीन गोल नै थप गरेको थियो । ५५ औं मिनेटमा अलमोइन अलिले ह्याट्रिक पुरा गर्दा कतारले ४–० को अग्रता बनाएको थियो ।

यसैगरी ह्याट्रिक गर्ने अलमोइनले ६० औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । ६८औं मिनेटमा अब्देलकरिम हसनले टिमका लागि छैटौं गोल गरेका थिए ।