काठमाडौँ – देश विदेशमा रहेका युवाहरुलाई एकिकृत गरी सामाजिक भावनाको जागृत गराउनको लागि स्थापित सद्भाव युवा समाज नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


राजधानीमा आयोजित कार्यक्रमकाबीच वरिष्ठ समाजसेवी दिक्षा चापागाँईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । रोजगारीको शिलशिलमा विदेशिन बाध्य भएका युवाहरुलाई स्वदेश फर्किसकेपछि एकतावद्ध हुने र समाजिक कार्यमा सहभागी गराउने अभिप्रायले संस्था स्थापना गरिएको आयोजकले बताएका छन् ।


ADVERTISEMENT

# # #


कतारको कतार एयरवेजमा कार्यरत नेपालीहरुले आफुले कमाएको केही रकम समाज सेवामा पनि खर्च गरौं भन्ने पवित्र उदेश्यले यो संस्थाको सुरु गरिएको संस्थाका एक सदस्यले बताए । सोहि सन्दर्भमा विदेश छोडी स्वदेश फर्किएका साथीहरुलाई एकजुट गराई सामाजिक क्षेत्रमा केही सहयोग पुर्याउने संस्थाका निर्वतमान अध्यक्ष वासुदेश पौडेलले बताए।

कार्यक्रममा समाजसेवीसमेत रहेकी प्रमुख अतिथि दिक्षा चापागाँईले विदेशी भूमिमा रहेका बेला र स्वदेश फर्किसकेपछि पनि युवाहरुमा यसरी समाजका पिछडिएका मानिसहरुको लागि तन मन धनले सहयोग गर्न युवाहरु एकबद्ध भएकोमा खुसी व्यक्त गरिन्। लामो समय देखि समाजका लागि केही गर्न सकिन्छ भनेर आफु निरन्तर लागि परेको बताउँदै उनले संस्थाको हितका लागि सकेको सहयोग गर्ने बताइन् ।

कार्यक्रमका विशिष्ठ अतिथि महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईले समुदाय र प्रहरीको सम्बन्धको बारेमा प्रष्ट पारेका थिए । उनले समाजका हरेक संघसंस्था र जिम्मेवार नागरिकहरुको सहयोगमा नै समाज हुने सबै खाले अपराधको न्युनिकरण हुने बताए ।

कार्यक्रममा संस्थाको बारेमा कार्य प्रगति विवरण संस्थाका सचिब प्रदिप रुपाखेती प्रस्तुत गरे भने आर्थिक विवरण कोषाध्यक्ष जीवन श्रेष्ठले प्रस्तुत गरेका थिए। कार्यक्रमको बन्दसत्रमा संस्थाको आगामी २ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चयन समेत भएको छ ।

जसमा अध्यक्ष देवप्रकाश श्रेष्ठ, उपाध्यक्ष प्रदिप कुमार रुपाखेती, सचीव बाबुराम दाहाल,सह सचिव, जीवन श्रेष्ठ, कोसाध्यक्ष, बेग बहादुर तामाङ र सदस्यहरुमा बिस्णु अधिकारी, खेम गुरुङ, आनन्द अधिकारी, जीत बहादुर कुँवर, विष्णु अधिकारी, विनोद श्रेष्ठ र राम सुन्दर खड्का चयन भएका छन् ।