फागुन, ११। काभ्रे जिल्लाको महादेवस्थान नगरपालिका– ७ कुन्ताकि रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराईन् । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उनलेले अहिलेसम्म घर निर्माण गर्न सकेकि छैनन् ।


ADVERTISEMENT


रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी थिए। उनकि सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ ।


ADVERTISEMENT

# # #


“जेठी छोरी अपाङ्ग भएका कारण घरमै थन्किएकी छिन, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उनले पीडा सुनाईन् ।

भूकम्पले उनको घर पूर्णरुपमा क्षति बनाएको छ । जसको पुननिर्माण गरिदिने कोही पनि छैन । सासूले आँखा देख्न नसक्ने भएपछि उनी आफैँंले डोहोर्याएर भित्रबाहिर गराउँदै आएकि छन् ।

“टहरामा निकै चिसो हुन्छ, रातभर लगलग काँपेर बस्नु पर्छ ,” रामप्यारीले भनिन्– “टहराको बास कहिलेसम्म रहन्छ ? ”  ऋण गरेर ल्याएको पालले बेरिएको टहरामा बस्दै आएको उनी बताउँछिन् । “सासूकै इच्छा पुरा गर्न नयाँ घर निर्माण गर्ने योजना बनाएका छौँ,” रामप्यारीले भनिन्।

सरकारले उपलब्ध गराएको रु ५० हजारले नयाँ घर बनाउन सम्भव छैन । जग्गा धितो राखेर ऋण निकाल्न खोजेपनि नपाएपछि उनको नयाँ घर निर्माण गर्ने योजना अधुरै रहेको छ ।