इलाम । नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे ।


ADVERTISEMENT


चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु पूरा भएको दाबी समेत गरे ।


ADVERTISEMENT

# # #


उनले भने- ‘माग पूरा भएकोमा फूलमाला लगाएर बधाइ थाप्नुपर्नेमा डा. केसी इलाममा आएर खुसुक्क अनसन बसेका छन् । काठमाण्डौं आउनुस् डा. साब, हामी फूलमाला लगाएर बधाइ दिउँला ।’

प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको चिकित्सा विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले डा. केसीले कांग्रेसको एजेण्डा बोकेको आरोप लगाए ।

‘डा. केसी र कांग्रेसमा भिन्नता छैन, उहाँ कांग्रेससँग मिलेर सरकारलाई घेराबन्दी गर्न खोजिहनुभएको छ’ नेता भट्टराईले भने, ‘उहाँ व्यावसायिकभन्दा पनि कम्युष्टिको घोर विरोधी हो । उहाँलाई कम्युनिष्ट फोबिया छ ।’

चुनावका बेला डा. केसी चारतारे झण्डा बोकेर भोट माग्न हिँडेकाले उनी तटस्थ नभएको पनि उनले जिकिर गरे ।

त्यसैगरी चिकित्सा शिक्षासँग साइनो नजोडिएको द्वन्द्वकालीन मुद्दालाई समेत डा. केसीले अगाडि बढाएको भन्दै नेता भट्टराईले ती मुद्दाहरु बोक्न जरुरी नभएको बताए ।

द्वन्द्वकालीन मुद्दा हेर्नका लागि आयोगहरु बनाइएकाले प्रक्रियागतरुपमा समस्या समाधान हुने उनले बताए ।

डा. केसीसँग विगतमा भएका सम्झौताहरु नै अहिलेको विधेयकमा समावेश भएको र सम्झौताभन्दा बाहिरका व्यवस्थाहरु अझै राम्रो गर्नका लागि ल्याएको नेता भट्टराईले बताए ।

‘डा. केसीले नभनेका राम्रा काम गर्नै नहुने भन्ने होइन होला नि ?’ नेता भट्टराईले भने, ‘विधेयक हेर्नै नपाई डा. केसी अनसन बस्नुभएको छ, बुझ्नेवित्तिकै उहाँले आफैं अनसन तोड्नुहुन्छ ।’