काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले आज मिति २०७५ माघ ३ गते बिहिवारको दिन ‘एनआईसी एशिया डिबेन्चर २०८५/८६’ विक्रिको लागि सार्वजानिक आव्हवन गरेको छ।


ADVERTISEMENT


१० प्रतिशत वार्षिक ब्याजदर रहेको एक हजार प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने छ।


ADVERTISEMENT

# # #


जम्मा ऋणपत्रको निष्कासन रकम ४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्कासन गरिएको छ भने ४ अर्बको ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरिनेछ।

बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७५ माघ १३ देखि सर्वसाधारणको लागि विक्रि खुला भई छिटोमा २०७५ माघ १६ तथा ढिलोमा २०७५ फागुन १३ सम्म विक्री खुल्ला रहने छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको डेबिट मार्केटको विकासको लागि एक महत्वपूर्ण कडि हुने बैंकले विश्वास गरेको छ।

हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन बैंकले आग्रह पनि गरेको छ।