काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट आज पनि विकेट लिएका छन्।


ADVERTISEMENT


सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले ढाका डाइनामाइट्सविरुद्ध शुक्रबार ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर १ विकेट लिएका हुन्।


ADVERTISEMENT

# # #


सन्दिपले आज ४ चौकासहित २७ रन खर्चिएका हुन्। सन्दीपले आफ्नो पहिलो ओभरमा विकेट लिए पनि त्यसपछिको ओभरमा महंगा साबित भए।

उनले पहिलो ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा बोल्ड आउट गरेका थिए। सन्दीपले पहिलो ओभरमा ३ रन खर्चेर १ विकेट लिन सफल भएका थिए।

आफ्नो दोस्रो ओभरमा एक चौकासहित ८ रन खर्चिएका सन्दिपले तेस्रो ओभरमा तीन चौकासहित १२ रन खर्चिए। अन्तिम ओभर ४ रन मात्र खर्चिए पनि विकेट लिन सकेनन्।

यो सँगै सन्दिपले बिपीएलमा ४ विकेट लिइसकेका छन्।

सिलेटमा जारी खेलमा सिक्सर्सले दिएको १५९ रनको लक्ष्यसहित अहिले डाइनामाइट्सले ब्याटिङ गरिरहेको छ।