काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीविरुद्ध प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)सम्बद्ध संस्थाहरुले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


निजी प्राविधिक शिक्षालय महासंघ नेपाल, फोरम फार हेल्थ एण्ड साइन्स र सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलाई विज्ञप्ती बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


देशका स्वास्थ्य क्षेत्रमा अहम् भूमिका खेलेको सीटीइभीटीका जनशक्तिलाई वेवास्ता गर्दै डा. केसीको जिद्धि सम्बोधन गर्न सरकार लागेमा राम्रो नहुने उनीहरुने चेतावनी दिएका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘देशको स्वास्थ्य क्षेत्रमा अहम् भूमिका निर्वाह गर्ने जनशक्तिलाई बेवास्ता गरी डा केसीको एकल जिद्धिलाई मात्र सम्बोधन गरिन्छ भने हामी सम्पूर्ण शिक्षालय हनसन बस्न तयार छौँ ।

उनीहरुले मन्त्री पोखरेलसंग तीनवटा मागहरु राखेका छन् । नेपाल सरकार र डा. केस्रीबीच भएको सम्झौता अनुरुप टीएसएलसी तहका स्वास्थ्यतर्फका कार्यक्रम फेजआउन गर्ने बुँदा तत्काल सच्चिनुपर्ने, क्रमशः विकल्पसहित कार्यक्रम स्तरोन्नती गरी कार्यक्रम अपग्रेट गर्नुपर्ने र ‘चिकित्सा शिक्षा विधेयक’ नामाकरणले सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई नसमेट्ने भएकाले परिवर्तन गरी ‘स्वास्थ्य शिक्षा विधेयक’ राखिनुपर्ने मागर संस्थाहरुको रहेको छ ।