बलेवा– गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई रु ५० हजार पुरस्कारको घोषणा गरेको छ । लोगो तथा नाराका लागि प्रतिस्पर्धा गर्न सार्वजनिक सूचना जारी गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुरस्कारको घोषणा गरेको हो ।


ADVERTISEMENT


सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार लोगो र नाराको लागि प्रतिस्पर्धा गराउन लागिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लोगो तथा नारा निर्माणको लागि संस्था वा व्यक्ति जोकोहीले प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतिस्पर्धामा सहभागीले तयार पारेको लोगो र नारा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको ठेगनामा पढाउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै इमेल मार्फत पनि प्रतिस्पर्धामा सहभागी हुन सकिने मन्त्री लम्सालले जानकारी दिए ।

गाईघाट झरनामा सौर्य बत्ती

बागलुङ जिल्लाकै प्रसिद्ध ताराखोला गाउँपालिकाको गाईघाट झरनामा सौर्यबत्ती जडान गरिएको छ । रातको समयमा साँझना घुम्न आउने पर्यटकको सहजताका लागि ताराखोला गाउँपालिकाले सौर्यबत्ती जडान गरेको हो ।

गाउँपालिकाभित्रका सबै पर्यटकीय क्षेत्रमा सौर्य ऊर्जा पु¥याउने लक्ष्यका साथ गाईघाटमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । दिनभर सूर्यको प्रकाशबाट शक्ति सञ्चित गर्ने र रातको समयमा आफै बल्नेगरी गाईघाटमा तीन वटा सौर्य प्यानल जडान भएका छन् । झरना रहेको क्षेत्रमा उज्यालो पुग्ने गरी तीनवटा बत्ती जडान भएको अध्यक्ष घर्तीले बताए ।

गाईघाट झरनासँगै गाउँपालिकाकै तीनचुलेमा रहेको शिवजीको मन्दिरमा पनि सौर्यबत्ती जडान भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र तिनचुलेको संरक्षण र भक्तजनको सहजताका लागि सौर्यबत्ती जडान भएको हो ।