माकासार, इन्डोनेसिया– इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।


ADVERTISEMENT


यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि इडोनेसियाको दक्षिण भागमा पर्ने नौ ओटा जिल्लाका केही नदी समेत बन्द हुन पुगेका थिए । त्यसपछि आएको बाढी पहिरोको कारण हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

यस प्रकोपको कारण बिहीबार बिहानसम्म २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २४ जना वेपत्ता भएका प्रकोप नियन्त्रण निकाय प्रमुखले जानकारी दिएका छन् ।

उक्त द्वीपका नौ ओटा जिल्लाको विभिन्न स्थानमा अविरल वर्षा र बाढीको कारण जलमग्न भएपछि तीन हजार भन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन् । यसका साथै कम्तीमा ४६ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

यस बाढीैका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ । बाढीका कारण अझै पनि केही व्यक्तिहरु वेपत्ता भएको अनुमान गरिएको छ । इन्डोनेसियामा बाढी र पहिरो बारम्बार आउने गरेको पाइन्छ । एजेन्सी