काठमाडौँ, फागुन १२ । महाशिवरात्रि नजिकिएसंगै काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढ्न थालेको छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ ।


ADVERTISEMENT

# # #


कोषले यस वर्ष करिब चार हजार जोगी बाबा आउने अनुमान गरेको छ । नाङ्गा बाबाको पनि आगमन सुरु भएको छ । उनीहरुलाई पशुपतिनाथको मन्दिरभित्र राख्ने व्यवस्था मिलाइएको छ ।

विभिन्न सङ्घ संस्थाले पशुपतिनाथ आसपासमा आजैदेखि स्वयम् सेवा सञ्चालन गरेका छन् । आउने भक्तजनको सुविधाका लागि ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर, भजन किर्तनलगायतका व्यवस्था मिलाइएका छन् ।

विभिन्न अखडामा उनीहरुलाई खान, बस्नका लागि प्रबन्ध गरिएको छ । उनीहरुलाई जथाभावी आवतजावत नगर्न कोषले आग्रह गरेको छ ।

कोषका निर्देशक भरत मरासिनीले यहाँ आउने दर्शनार्थी तथा भक्तजनको सुविधाका लागि आवश्यक स्वयम्सेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको जानकारी दिए ।

भोलिदेखि भगवान महादेवको पूजा आरधनाका लागि पशुपतिनाथ मन्दिरमा  महाशिवरात्रि पर्व सुरु हुँदैछ ।