काठमाडौँ, फागुन १२ । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् ।


ADVERTISEMENT


आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताइन् ।


ADVERTISEMENT

# # #


आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले जानकारी दिएकी छन्।

“सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,” सभामुख घर्तीले भनिन् ।
संविधान संशोधन विधेयक पेश गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबिच सहमति हुन नसक्दा मंगलबार र बुधबार संसद बैठक बस्न सकेको थिएन । सो विषयलाई अगाडि बढाउनका लगि आज दिउँसो तीन बजे व्यवस्थापिका संसदमा बैठक बस्दैछ ।