काठमाडौं – नेपालले युनाइटेड अबर इमिरेट्स युइईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिले ब्याटिङ गर्ने भएको छ । युएईले टस जितेर बलिङ रोजेको हो ।


ADVERTISEMENT


राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका पवन सर्राफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । यस्तै विनोद भण्डारी र ललित नारायण राजवंशीले पनि एक दिवसीयमा डेब्यू गरेका छन् ।


ADVERTISEMENT

# # #


दुबईस्थित आइसिसी एकेडेमी ओभलमा घरेलु टोली युएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो । युएईबाट तहिर मुघल र सिपी रिजवानले डेब्यू गर्ने भएका छन् ।

युएईको पनि कप्तान रोहन मुस्तफासहित तीन महत्वपूर्ण खेलाडी टोलीमा हुनेछैनन् । पाकिस्तानमा सम्पन्न इमर्जिङ टिम्स एसिया कपमा व्यवस्थापन राम्रो नभएको प्रतिकृयाका कारण युएई क्रिकेट बोर्डले कप्तान मुस्तफासहित दुई सिनियर खेलाडी अहमद राजा र रामीज शाहजदलाई ८ हप्ताका लागि निलम्बन गरेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । जुन १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि नेपालले युएईविरुद्ध खेल्न लागेको हो । नेपालले युएईमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ ।

यस्तो छ नेपालको प्लेइङ ११

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, सन्दिप लामिछाने, सोमपाल कामी ।