काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) नेपालले खराब प्रर्दशन गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालको ११ ओभरमा ४४ रन जोड्दा तीन विकेट गएको हो । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का २० रन बनाएर आउट भएका छन् । उनले ३६ बलमा ३ चौका प्रहार गरे ।


ADVERTISEMENT


नेपालका सुरुवात आज पनि राम्रो हुन सकेन । सँधैँ आलोचना खेपिरहेको नेपाली ओपनिङ ब्याटिङ आज पनि धर्मराएकोछ । नेपालले पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । उनी इनिङको चौथो बलमै युएईका कप्तान मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलम सब्बिरको हातबाट खाता खोल्न नपाउँदै क्याच आउट भए । ज्ञानेन्द्रले चार बलमा कुनैपनि रन हान्न सकेनन् ।


ADVERTISEMENT

# # #


यस्तै बिनोद भण्डारीले पनि टिमलाई चाहिएको योगदान दिन सकेनन् । एकदिवसीय खेलमा आजै डेब्यू गरेका उनले १४ बलमा मात्र १ चौकाको मदतमा मात्र ५ रन बनाए । त्यसपछि आएका सोपाल कामीले कप्तान पारस खड्कासंग मिलेर २८ रनको साझेदारी गरे । तर, कप्तान पारस ११.५ ओभरमा क्वादिर अहमेदको बलमा आउट भएपछि नेपालको अवस्था ४४र३ को अवस्थामा पुगेको थियो ।

अहिले सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपाली इनिङ सम्हालिरहेका छन् ।