म्याग्दी । मङ्गला गाउँपालिका–३ बरञ्जामा हिमपातका कारण बिजुलीका काठेपोल ९खम्बा० भाँचिएपछि शुक्रबार रातिदेखि गाउँ नै अन्धकार बनेको छ ।


ADVERTISEMENT


केही दिनअघिदेखिको चिसो र शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण मङ्गलाका बरञ्जा, झाँक्रीपानी र छेउछाउका बस्तीमा विद्युत् लाइन प्रसारणका लागि गाडिएका ४५ वटा काठे पोल ९खम्बा०मध्ये ३२ वटा पोल भाँचिएका र तार चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।


ADVERTISEMENT

# # #


विद्युत् प्राधिकरण बेनीका दण्डपानी जैसीका अनुसार यसअघि नै पोल भाँचिने अवस्थामा थिए । विद्युत् प्राधिकरणलाई पटकपटक काठको पोल फेर्न अनुरोध गरिएको भए पनि बेवास्ता गरेको स्थानीय समाजसेवी सोमबहादुर छन्त्यालले बताए।

गएको पाँच दिनअघिदेखिको अत्यधिक चिसोका कारण यहाँका बासिन्दा रुघाखोकी र ज्वरोका सिकार भएका छन् । हिमपातका कारण शुक्रबार रातिदेखि चिसो झनै बढेको छ । त्यसमा पनि झन् विद्युतका पोल भाँचिएपछि अन्धकारमा बस्नुपर्दा यहाँको जनजीवन अत्यन्त प्रभावित भएको स्थानीयले बताएका छन् ।