गलकोट – बागलुङ नगरपालिका–२ हल्लनचोकमा तीव्र गतिमा आएको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ ।


ADVERTISEMENT


आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए।


ADVERTISEMENT

# # #


घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको घाइतेका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक अर्जुन बस्नेत र जिपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।