चन्द्रौटा, कपिलवस्तु– लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् ।


ADVERTISEMENT


बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफरअली मिँयाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले छ लाख इँटा नोक्सान भएका उद्योगी जमसेर अलीले बताउनुभयो । कूल ६७ सञ्चालनमा रहेका इँटा उद्योगमा नोक्सानी भएको केन्द्रीय उपाध्यक्ष मिँयाले जानकारी दिए ।

काँचो इँटा बनाउन मात्र माटो, श्रमिक, कैलालगायत लागतअनुसार प्रतिगोटा रु तीनदेखि चार खर्च हुने उनले बताए । सो नोक्सानीले जिल्लामा इँटाको अभाव हुने र मूल्यमा समेत वृद्धि हुने सम्भावना बढेको छ ।

गुनासो सुन्न एप्स

शिवराज नगरपालिकाले नगरपालिकासम्बन्धी हरेक गुनासा मोबाइलबाट गर्न सक्ने गरी एप्सको शुरुआत गरेको छ ।
नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधि सरल र सुलभ तथा सम्पूर्ण जनतामाझ सजिलै सूचना आदानप्रदान गर्न मोबाइल एप्स सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकृत दीपक पौडेलले जानकारी दिनुभयो ।

प्सबाट नगरपालिकाका हरेक गतिविधि, योजना, सूचना, सुझाव, गुनासो तथा समस्या सजिलै हेर्न र बुझ्न सकिने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेकाले सामाजिक सञ्जालबाटै आफ्ना कुरा राख्न सक्ने गरी प्रविधिको विकासमा जोड दिएको अधिकृत पौडेलले जानकारी गराए ।