्काठमाडौं – सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाका नाममा रहेको बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा राख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि स्वास्थ्य मन्त्रालयले संघीय सरकार मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि मन्त्रीपरिषद्मा पठाएका विभिन्न ११ अस्पतालमध्ये यी दुई अस्पताललाई सरकारले प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि प्रतिपक्षी कांग्रेसले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद र सुशील कोइरालाले देशका लागि पुर्याएको योगदानको सरकारले अवमूल्यन गरेको भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

कांग्रेसको विरोधका बीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि अस्पतालबारे निर्णय गरेको हो ।