काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले पोखराको कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औ विश्व कुष्ठरोग दिवस को अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा सो सहयोग गरेको हो ।


ADVERTISEMENT


सोमबार अस्पतालमा एक कार्यक्रमकाबीच पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेल, अस्पतालका डाइरेक्टर दिपक मर्हजन, सुपरिटेडेन्ट डा. ब्रुस हायास, बैंकका सञ्चालक द्घय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले लगायतले संयुक्त रुपमा ह्विल चियर हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


हाल अस्पतालमा ४० जना भन्दा बढी जटिल अवस्थाका बिरामीहरु रहेको अस्पतालमा बैंकको यो सहयोगले थौरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकको नीति रहेको सञ्चालक देवकृष्ण काफ्लेले बतए ।

बैंकले देशभर आफ्ना ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।